आयात प्रतिबन्धविरुद्ध अटोमोबाइल व्यवसायीले घोषणा गरे आन्दोलनका कार्यक्रम

अटोमोबाइल व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विगत ८ महिनादेखि अटोमोाबाइल्समा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतको माग राखी सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

सरकारले अटोमोबाइल्स आयातमा समेत प्रतिबन्ध लगाउने काम गरेपछि त्यसलाई हटाउन दबाब दिने उद्देश्यले आफूहरु आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुनु परेको नाडाका उपाध्यक्ष सुनील रिजालले बताए ।

उनले आफूहरुको गाडी र शो रुममा ब्यानर राखेर तथा सामाजिक सञ्जालमा पनि सामग्रीहरु पोष्ट गरेर आन्दोलनको कार्यक्रम सुरु गरिएको र यही मंसीर २२ गते काठमाडौंको माइतीघर मण्डलामा ३ घण्टा धर्ना र सबै प्रदेशमा पनि सोही दिन विरोध प्रर्दशन गर्न लागिएको बताए ।

नाडाले सो आन्दोलनमा साथ दिन पनि सबै उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेको छ ।

अटोमोबाइल व्यवसायीहरुले ब्याजदरमा कटौती, कोरोनाकालमा संकटमा परेका व्यवसायीहरुलाई राहतको व्यवस्था, अटोमोबाइल्सको प्रतिबन्ध फुकुवा हुनुपर्ने लगायतका माग राखि आन्दोलनको कार्यक्रम सुरु गरेको हो ।

आफूहरुको सो माग सम्बोधन नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने पनि नाडाका उपाध्यक्ष रिजालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर