गोकुल बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

आइतबार बिहान सांसद बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो । सेनाले निष्क्रिय पारेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

भक्तपुरको लोकन्थलीस्थित सांसद बाँस्कोटाको घरबाहिर शंकास्पद वस्तु फेला परेपछि बम रहेको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको थियो । एमाले नेता बाँस्कोटा गत प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर