साहित्यकार तुलसी थापा दुई लाख नगदसहित अभिनन्दित

साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत मकवानपुरका साहित्यकार तुलसी थापा अभिनन्दित भएका छन्। बुढ्यौली साहित्य समाज मकवानपुरद्वारा आइतबार हेटौंडामा आयोजित एक समारोहमा उनलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

शिक्षा, स्वास्थ्य, सामाजिक तथा साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका थापालाई सो अवसरमा हेटौंडाका अन्य सङ्घसंस्थाले सम्मान गरेका थिए। समारोहमा अभिनन्दित थापाको विषयमा विभिन्न विद्वानद्वारा लेखिएको पुस्तकको विमोचन गरिएको थियो।

सो अवसरमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामाले साहित्यिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई समाजको हरेक क्षेत्रबाट सहयोग तथा सम्मान हुनुपर्ने बताइन्।

समाजका अध्यक्ष आरसी रिजालले साहित्य क्षेत्रका व्यक्तिहरूलाई सम्मान गर्दा यस क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर