कांग्रेस उपसभापति खड्का र सीके राउतबीच भेटवार्ता, सत्ता सहकार्य विषयमा छलफल

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा. सीके (चन्द्रकान्त) राउतबीच आज भेटवार्ता भएको छ । उपसभापति खड्काको निजी निवासमा अध्यक्ष रावतलाई स्वागत गर्दै उहाँ र उहाँको पार्टीको विजयका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयका अलावा समसामयिक विषयका बारेमा छलफल भएको उपसभापति खड्काको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *