नेपालमा अहिलेसम्म छैन खेतीयोग्य जमिनमा माटो बिग्रन नदिने कानूनी व्यवस्था

नेपालमा हालसम्म पनि खेतीयोग्य जमिनमा माटो बिग्रन नदिनका लागि आवश्यक कानूनी व्यवस्था नै नभएको पाइएको छ।

नवौं विश्व माटो दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले यस्तो खुलासा गरेका हुन्।

उनले भूसंरक्षणसम्बन्धी ऐन भए पनि त्यसमा खेतीयोग्य जमिनको माटो बिग्रन नदिने खालको व्यवस्था नभएको स्पष्ट पारे। महानिर्देशक पौडेलले खेतीयोग्य जमिनको माटोमा गुणस्तर कायम गर्न तत्काल कार्यविधि ल्याउने घोषणासमेत गरे। नेपालमा माटोको गुणस्तर बिग्रँदै गएकोमा चिन्ता भइरहेको उल्लेख गर्दै उनले त्यसको संरक्षण गर्नका लागि कार्यविधि ल्याउने र जनचेतनामूलक कार्यक्रमलाई जोड दिएर अघि बढ्न सरकार लागि परेको जनाए।

विभागले यस वर्ष विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई माटोको गुणस्तरसम्बन्धी निबन्ध प्रतियोगिता गराएर यससम्बन्धी जनचेतना जगाउने काममा जोड दिइएको पनि जनाएको छ।

विभागका महानिर्देशक पौडेलले माटोको उर्बरामा ह्रास हुन नदिनका लागि जनचेतना जगाउने काम मुख्य भएकाले सरकारले त्यसलाई आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउने योजना तय गरेको बताए। विज्ञहरुले नेपालको तराई क्षेत्रमा माटो बिग्रदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्नका लागि विशेष योजना बनाएर अघि बढ्न सरकारलाई सुझाव दिँदै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर