विश्वकप फुटबल : आज अन्तिम १६ का दुई खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत आज अन्तिम १६ का अन्तिम दुई खेलहरु हुँदैछन् ।

मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा मोरक्को र स्पेनबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

दुबै टोलीको प्रमुख लक्ष्य जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने रहेको छ । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बनेपछि नकआउट चरणमा यी दुई टीमबीच भेट भएको हो ।

यस्तै, आजै हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । लुसिल स्टेडियममा यी दुई टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । दुबै टोली पोर्चुगल र स्विट्जरल्यान्ड जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा छन् ।

पोर्चुगलले समूह ‘एच’को विजेता र स्विट्जरल्यान्डले समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएका हुन् ।

यसैबीच गएराति सम्पन्न खेलमा क्रोएसियाले जापानलाई र ब्राजिलले दक्षिण कोरियालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर