पोर्चुगल पठाइदिने भन्दै २७ लाख ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। झापाको कन्काई नगरपालिका–७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जीव आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

उनले पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु, प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २७ लाख रुपैयाँ ठगी गरेको आरोप छ। ठगीपछि सम्पर्कविहीन भएका आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौं पठाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर