अर्घाखाँचीमा दुई जना नक्कली प्रहरी सक्कलीको फन्दामा

अर्घाखाँचीमा आफूहरू सादा पोशाकमा खटिएको प्रहरी भएको भन्दै प्रहरीमाथि नै हातपात गर्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नंं. ६ नखिल्जी बस्ने ३५ वर्षीय बाबुराम पौडेल र सोही जिल्लाको मालारानी गाउँपालिका वडा नं. ५ वागी बस्ने २० वर्षीय दीपक केसी रहेका छन्।

उनीहरूले बिहीबार बिहान ६ः०० बजे सन्धिखर्क नगरपालिका–१ बसपार्क क्षेत्रमा हामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौं भन्दै मादकपदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसलहरूमा चेकजाँच गर्ने, स्थानीयहरूलाई डरत्रासमा पारी गालीगलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्दै प्रहरीलाई खबर पुगेको थियो।

सो सूचनापछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट इन्स्पेक्टर अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीबार नियन्त्रणमा लिई सोधपुछ गर्दा उल्टै प्रहरीमाथि हातपात, गालीगलौज तथा अभद्र व्यवहार गरेको जिल्ला प्रहरी प्रवक्ता इन्स्पेक्टर कृष्णप्रसाद घिमिरेले बताए।

त्यसपछि पक्राउ पुर्जी जारी गरेर नियन्त्रणमा लिई शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको इन्स्पेक्टर घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर