‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रम सुरु

नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप कार्यक्रम सुरु गरेको छ ।

बैंकले त्रिभुवन विश्व विद्यालयको सहकार्यमा सामाजिक उद्यमशीलता प्रवर्द्धनको उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप कार्यक्रम सुरु गरेको हो ।

बैंकले सुरुवातमा वाग्मती प्रदेशबाट पहिलो सत्रको ६ महिने तालिम फेलोसिप सञ्चालन सरु गरेको छ । उद्यमशीलतामा रुचि राख्ने १८ देखि ५० वर्षसम्मका उद्यमीहरुलाइ लक्षित गरेर दुई प्रकारका फेलोसिप र कोष डिजाइन गरेर सर्टिफिकेशन कोष कार्यक्रम सुरु गरिएको नबिल बैंकका नायब कार्यकारी निर्देशक भूपेन्द्र पाण्डेले बताए । उनले नविल बैंकले सुरु गरेको कोषमा विद्यार्थीको धेरै प्रोत्साहन गरेको पाइएको बताए ।

पाण्डेले विगतमा विद्यार्थीहरुले पढ्दा जागिर खानुपर्छ भनेर पढ्ने गरेकाले अब पढाइ सकेर उद्यमशील बनाउन कार्यक्रमले पे्ररित गर्ने बताए । उनले अहिले २५ जनाको सहभागिता रहेको बताए । उनले बैंकले देशका सातवटै प्रदेशमा यो कार्यक्रम गर्न लागेको जानकारी दिए ।

पाण्डेले नबिल बैंकले नाफामा मात्रै नभएर उद्यमशीलताको विकासले देशको आर्थिक अवस्था माथि उठ्ने भएकाले सामाजिक उत्तरदायित्वका लागि काम गर्न लागेको बताए । उनले सहभागी विद्यार्थीहरुलाई नबिल बैंकको टेक्निकल टिम तथा फिल्डभिजिट गराएर नै तालिम दिने गरेको बताए ।

बैंकले कमाउने नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने हुन्छ । नबिल बैंकले उक्त रकम विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । यो वर्षदेखि सामाजिक उद्यमशीलता प्रवर्द्धन उदेश्यले थप नयाँ नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप कार्यक्रम सञ्चालनमा ल्याएको बैंकले बताएको छ ।

 

प्रतिक्रिया

One thought on “‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रम सुरु

  1. उन्नत समाज प्रबुद्ध समाज, सराहनीय प्रयास!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर