महानगर दिवसमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताएकी छन्।

सोमबार महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल खेलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आइसब्रेक गर्ने काम गरेको बताएकी हुन्।

उनले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्यक्ष रुपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने काम गरेको बताइन्। उनले जनप्रतिनिधिहरू खेल हारे पनि फुटबल आयोजनाको उद्देश्यअनरूप पूरा भएको बताइन्। उपप्रमुख डंगोलले महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूको सम्बन्ध राम्रो बनाउनको लागि फुटबल आयोजना गरिएकाले त्यो सफल भएको बताइन्।

महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष जनपतिनिधि र कर्मचारीबीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ। यो वर्ष पनि महानगरले सोमबार काठमाडौंको दशरथ रंगशालामा फुटबल आयोजना गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा खेल भएको थियो।

प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरू थिए। प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरू थिए। जनप्रतिनिधिको टिम कप्तान भए पनि मेयर बालेन्द्र शाह खेलको उत्तरार्द्धमा मात्रै मैदानमा छिरेका थिए तर मेयर शाह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो। खेल ६-१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर