सरकारी निकाय र अन्तरमन्त्रालयबीच समन्वय हुन नसक्दा अर्थतन्त्रमा समस्या : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी निकाय र अन्तरमन्त्रालयबीच समन्वय हुन नसक्दा अर्थतन्त्रमा समस्या भइरहेको बताएका छन्।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभामा बोल्दै उनल यस्तो बताएका हुन्।

वरिष्ठ उपाध्यक्ष ढकालले मन्त्रालय र सरकारी निकायहरुबीचको समन्वयको कमीले अवसर हुँदासमेत विकास निर्माणका कामले गति लिन नसकेको बताएका हुन्। उनले नयाँ बन्ने सरकारले अन्तरमन्त्रालय र सरकारी निकायबीचको समन्वयका बारेमा ध्यान दिनुपर्ने बताए।

उनले सरकारले नेपालको आर्थिक विकासमा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। उनले निजी क्षेत्रले उठाएका मागहरु निजी क्षेत्रका समस्या मात्रै हुन् भन्ने हिसाबले प्रचार भइरहेको भन्दै यस्ता प्रचार गर्न नहुनेतर्फ सचेत गराए।

कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेसकुमार अग्रवालले निजी क्षेत्रलाई तरलता र उच्च ब्याजदरको समस्या बढी भएको बताए। उनले निजी क्षेत्रमा विभिन्न कारणले भइरहेको भन्दा धेरै तरलतामा संकुचन आएको बताए।

उनले पुसमा किस्ता तथा ब्याज तिर्न निजी क्षेत्रलाई थप पुँजी कहाँबाट ल्याउने भन्ने समस्या भइरहेको पनि बताए। उनले यही अवस्था भइरहे उद्योगी व्यवसायीहरू पुसपछि आन्दोलनमा जानुपर्ने अवस्था आउने चेतावनी दिए। उनले सरकारले निजी क्षेत्रको संरक्षणको बाटो निकाल्नुपर्ने बताए।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई अर्थतन्त्रको प्रमुख अंग बनाउने दिशातर्फ डोर्‍याउनलाई धितोपत्र बोर्डले पारदर्शिता, व्यवसायिकता, प्रतिस्पर्धाको माहोल निर्धारण गरेको बताए। अध्यक्ष हमालले धितोपत्र बजारलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनाउने गरी काम गरिरहेको दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *