काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्छ : चिरिबाबु महर्जन

ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीबार काठमाडौं महानगरपालिकाको २८औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरू सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

त्यसैगरी उनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौैं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गर्नुभयो । उनले यसका निम्ति महानगरपालिकालाई अविलम्ब कदम चाल्न आग्रह गरे ।

उनले सार्वजनिक खरिद ऐन २०६३ को आमुल सुधार गर्नुपर्ने बताए । सो ऐन स्थानीय पालिकाको लागि अफापसिद्ध रहेको भन्दै उनले यसमा सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *