स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण भएन : दीपक मल्होत्रा

नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दीपक मल्होत्राले मुलुकमा स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण नभएको बताएका छन् ।

बिहीबार काठमाडौं भएको आईपीडिएफको कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्होत्राले नेपालमा विदेशी लगानी भित्र्याउने वातावरण बनाउनको लागि स्थिर सरकार आवश्यक रहेको बताएका हुन् ।

उनले मुलुकमा स्थिर सरकार नहुँदा निजी क्षेत्रले विदेशी लगानी ल्याउन नसकेको बताए । उनले पाँच वर्षअघि स्थिर सरकार बनेर लगानीको वातावरण बन्ने आश गरेपनि सफल हुन नसकेको बताए । मल्होत्राले अन्तर्राष्ट्रिय देशहरूमा विदेशी लगानी ल्याउन सहज भए पनि सानो विदेशी लगानी ल्याउँदासमेत समस्याको चाङ आइपर्ने बताए । उनले अब बन्ने सरकारले विदेशमा गएको युवा जनशक्तिलाई नेपालमा कसरी फर्काउने र उद्योगधन्दा बढाएर रोजगारी कसरी दिने भन्ने विषयमा ध्यान दिनुपर्ने बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य अरुण सुमार्गीले निजी क्षेत्रलाई विदेशी लगानी ल्याउन भनेपनि सरकारको नीति बाधक बनेको बताए । उनले नेपाल राष्ट्र बैंकले स्वीकृत नदिएसम्म कुनैपनि देशको लगानी नेपालमा नआउने बताए ।

उनले देशले नीतिहरु ठूलो ल्याउने तर काम सानो गर्नुपर्ने अवस्था रहेको बताए । उनले नेपालमा उद्योगधन्दाहरु खोल्ने ठूलो सम्भवना भएपनि नीतिगत कारणले खोले पनि चल्न नसक्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर