राप्रपा अध्यक्ष लिङ्देनसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।

केन्द्रीय कार्यालय धुम्बाराहीस्थित अध्यक्ष लिङ्देनको कार्यकक्षमा बुधबार भएको भेटवार्तामा द्विपक्षीय र चासोका विषयमा विचारविमर्श भएको थियो । सो अवसरमा अध्यक्ष लिङ्देनले नेपाल र अमेरिकाबीच रहिआएको आपसी सम्बन्ध र सहयोगबारे छलफल भएको राप्रपाले जनाएको छ ।

अध्यक्ष लिङ्देनले राजदूत थम्प्सनको कार्यकाल सफलताको कामना गरेका थिए ।सो अवसरमा गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा राप्रपाले प्राप्त गरेको सफलताप्रति राजदूत थम्पसनले शुभकामना व्यक्त गर्नुभएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *