पाकिस्तानका लागि नेपाली राजदूत अधिकारीले भेटे प्रधानमन्त्रीका विशेष सहायक

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्रीका विशेष सहायक फैसल करिम कुण्डीसँग भेट गरेका छन्।

शुक्रबार इस्लामावादस्थित कार्यालयमा पुगेर अधिकारीले उनलाई भेटेका हुन्।

भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र यसलाई थप सुदृढ गर्ने उपायबारे छलफल भएको थियो।

भेटमा राजदूत अधिकारीले प्रधानमन्त्रीका विशेष सहायकलाई नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर