अन्तिममा सबै कुरा मिल्छ : सञ्चारमन्त्री कार्की

प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाइराख्न सफल हुने विश्वास सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यक्त गरेका छन् ।

आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएपछि कांग्रेस नेतासमेत रहेका मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

उनले गठबन्धन मुलुकको आवश्यकता भएकाले त्यसलाई जोगाएर अघि बढ्न आफूहरु निरन्तर प्रयासरत रहेको समेत बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहिला आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा प्रधानमन्त्री देउवा सहमत नभएपछि आजको बैठकबाट दाहाल बाहिरिएका थिए । उनी अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफल गरिरहेका छन् ।

मन्त्री कार्कीले सबै कुरा अन्तिम समयमा हुने नेपाली राजनीतिको परम्परा भएको उल्लेख गर्दै अन्तिममा आएर सबै कुरा मिल्ने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दावी पेश गर्नका लागि आह्वान गरेकाे एक हप्ताको समय आजै अपराह्न ५ बजे सकिँदैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *