पार्टीमा छलफल गर्छु भन्दै बालकाेटबाट बाहिरिए अशोक राई

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकाेटमा जारी चार दलको छलफलबाट बाहिरिएका छन्।

राई आफ्नो पार्टीमा छलफल गर्ने भन्दै चार दलको बैठकबाट बाहिरिएका हुन्।

राईले बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नै पार्टीमा छलफल गर्न हिँडेको बताए।

उनले भने, ‘हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ।’

बालकोटमा जारी चार दलको बैठक सकरात्मक भएको र सरकार निमार्णको लागि गठबन्धन बन्ने सम्भावना बढ्दै गएको राईले सञ्चारकर्मीलाई जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर