७ दलका १६६ र ३ स्वतन्त्र सांसदको बलमा प्रचण्डको ‘सत्ता-यात्रा’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस गरेका छन्।

७ दलका १६६ र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाई शीतल निवास पुगेर प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्।

आइतबार बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टीले प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेका थिए।

यी सबै दलबाट गरी प्रतिनिधि सभामा १६६ जना सांसद छन्। स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि प्रचण्डलाई समर्थन गरेका छन्।

सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *