स्वदेशमा रोजगारी सिर्जना सबैभन्दा चुनौतीको विषय : मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

मन्त्रालयको आफ्नो कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गर्दै उनले नेपालमा सबैभन्दा चुनौतीको विषय स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कुरा रहेको बताए । उनले अहिले देश वैदेशिक रोजगार र रेमिट्यान्समा रमाएको भए पनि यसबाट दिगो खुशी र समृद्धि नमिल्ने बताए ।

स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कुरालाई कर्मचारीतन्त्रले दूरदृष्टि राखेर काम गर्न आवश्यक रहेको बताए । मन्त्री कुँवरले पुनः एकीकरणको कार्यक्रमबाट पनि रोजगारी सिर्जना गर्न सकिने र सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदा पनि नेपालमा रोजगारीको मात्रा सिर्जना हुने बताए ।

उनले नेपालमा रोजगारी सिर्जना भएका ठाउँमा नेपाली श्रमीकहरू नहुनु दुखद् भएको बताए । उनले नयाँ सरकार गठनको प्रक्रियालाई स्वाभाविक रुपमा लिनुपर्ने बताए ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरूको समस्या दिनप्रतिदिन बढिरहेकाले उनीहरूको समस्या समाधान गर्न हिच्किचाहट नगर्न आग्रह गरे । उनले आफू मन्त्रालयबाट बिदा भएको भए पनि सिंहदरबार र संसद्बाट टाढा नरहने बताए । उनले मन्त्री क्वार्टर पनि आफूले छोडिसकेको जानकारी गराए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *