शिक्षा क्षेत्रको विसंगतिलाई व्यंग्य गर्दै कला परिषद्मा कार्टुन प्रदर्शनी (कार्टुनहरूसहित)

नेपाल कला परिषद्, बबरमहलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी भएको छ । परिषद्मा नेपालको वर्तमान शिक्षा अवस्थाको बारेमा कार्टुन प्रदर्शनी गरिएको हो । शिक्षा क्षेत्रलाई व्यंग्य गर्दै कार्टुन प्रदर्शनी शुरु भएको हो ।

रूपान्तरणसहितको सार्वजनिक शिक्षा सम्मेलन, २०७९ मा कार्टुनिष्टहरूले बनाएका विभिन्न शिक्षासम्बन्धी कार्टुनहरूलाई परिषद्मा प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका सरोकारवाला एवं शिक्षा क्षेत्रमा देखिएका विसंगतिलाई व्यंग्य गरेका छन् ।

नेपालको शिक्षा अवस्था र उच्च शिक्षाका लागि विदेशमा जानुपर्ने नेपाली विद्यार्थीहरूको बाध्यता कार्टुनमा चित्रण गरिएको देख्न सकिन्छ । साथै कार्टुनमा नेपालका शहरिया क्षेत्रको शिक्षा अवस्था र गाउँको शिक्षा अवस्थालाई पनि देखाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *