जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

एकल उम्मेदवारी दर्ता भएका यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए । तर, उनीहरू पछि हटेपछि रामसहाय निर्विरोध दलको नेता चयन भएका हुन् ।

प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि जसपा सरकारमा सहभागी भने भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर