खुमलटारमा प्रचण्ड–ओली वार्ता : सत्ता साझेदार दलको बैठकका एजेण्डा तय

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’काे निजी निवास खुमलटारमा प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचकाे छलफल सकिएकाे छ।

छलफलले बिहीबार बस्ने सत्ता साझेदार दलको बैठकका लागि एजेण्डा तय गरेको प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले बताए।

भेटवार्तामा सरकार सञ्चालन, विस्तारलगायत समसामयिक विषयमा पनि छलफल भएको छ।

एमाले अध्यक्ष ओली दुई वर्षपछि खुमलटार पुगेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *