पूर्वका उद्योगी व्यवसायीहरूले स्थगित गरे आन्दोलनका कार्यक्रम

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग वार्ता भएपछि पूर्वका उद्योगी तथा व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

बुधबार अर्थमन्त्रीसँगको वार्तापछि पत्रकार सम्मलेन गर्दै ६ वटा वाणिज्यसंघहरुले वार्तामा भएको सहमति कार्यान्वयन हुने अपेक्षामा आन्दोलनका कार्यक्रम स्थगित भएको जनाएका हुन् ।

उद्योग वाणिज्य महासंघका वस्तुगत संघहरु विगत एक महिनादेखि महँगो व्याजदर र चालु पुँजी कर्जा मार्गदर्शनको विरुद्ध आन्दोलनरत थिए । तर, नयाँ सरकार गठन भएसँगै अर्थ मन्त्रालय जिम्मेवारी लिएका अर्थमन्त्री पौडेलले आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेका थिए । व्यवसायीहरुले सरकारले पुस २७ गतेसम्म आवश्यक मागहरु सम्बोधन नगरेको खण्डमा पुनः आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने समेत जनाएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले अर्थमन्त्रीबाट व्यवसायीका समस्याप्रति सरकार, अर्थ मन्त्रालय गम्भीर रहेको र सरकारले छिटो भन्दा छिटो समस्या समाधानका लागि प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त भएकाले आफूहरुले आन्दोलन स्थगित गरेको बताए । उनले वार्तामा पौष २८ गतेभित्र व्याज भुक्तानी तिर्ने समय थप गर्ने, र पुनःकर्जा क्रमिकता दिन छिट्टै निर्णय हुने प्रतिवद्धता व्यक्त भएको पनि बताए ।

उनले अर्थमन्त्रीसँगको वार्तासँगै सबै बिरोध कार्यक्रम स्थगित गर्ने निर्णय भएको बताए । उनले सरकारलाई विश्वास गरी समस्या समाधान छिटो हुनेमा आश्वस्त भइ जिल्ला फर्कन र चालु विरोधका सबै कार्यक्रम स्थगित गरी सरकार तथा नियमन निकाय बाट समयमै सकारात्मक निर्णय आउने अपेक्षा गरेको बताए । उनले माग सम्बोधन नभएर फेरि व्यवसायीहरु आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्ने अपेक्षा गरेको बताए ।

त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले व्यवसायीहरुको माग अर्थमन्त्री सकारात्मक भएकाले आन्दोलन स्थगित गरेको बताए । उनले अर्थमन्त्रीले देशको अर्थतन्त्र बलियो बनाउने र व्यवसायीहरुको माग सम्बोधन गर्ने विश्वासले आन्दोलन स्थगित गरेको बताए ।
अर्थमन्त्रीसँगको वार्तापछि मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर