पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीसँगै नेपाली वायुसेवा कम्पनीहरू उत्साहित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरू उत्साहित भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार (जनवरी १ तरिख) देखि व्यावसायिक उडान हुने भएसँगै नेपाली वायुसेवा कम्पनीहरू उत्साहित देखिएका हुन् ।

वायुसेवा कम्पनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान हुनु नेपालको पर्यटन क्षेत्रमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् । कम्पनीहरूले नेपालमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउन गौरवको विषय भएको बताएका छन् । वायुसेवा कम्पनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियस्तरको आवश्यक सबै सेवा सुविधाहरू रहेको भन्दै आन्तरिक उडान गर्ने यात्रुहरूले समेत अन्तर्राष्ट्रियस्तरको उडान गर्न पाउने भएको बताए ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउँदा एयरलाइन्स उत्साहित रहेको बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियस्तरमा आवश्यक सबै सेवा सुविधाहरू रहेको पनि बताए । उनले आन्तरिक रूपमा उडान गर्ने यात्रुहरूले अन्तर्राष्ट्रियस्तरको उडान गर्न पाउने बताए ।

प्रवक्ता बर्तौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउँदा उडान रद्द हुने समस्या हट्ने बताए । उनले विमानस्थल सञ्चालनमा आएपछि पोखरामा मात्रै नभई नेपालको पर्यटनमा कोसेढुंगा सावित हुने दाबी गरे । उनले यति एयरलाइन्सले विमानस्थल सञ्चालनमा आएसँगै १० उडान थप्ने तालिका तयार पारेको पनि बताए ।

उनले पोखराबाट अन्य विमानस्थलहरूमा आन्तरिक उडान गर्नसक्ने सम्भावना रहेको भन्दै एयरलाइन्सले पोखरा–भैरहवा–भरतपुर–सिमरा–नेपालगञ्ज–विराटनगर र जनकपुर उडान गर्ने बताए । उनले यति एयरलाइन्सले पोखरालाई बेस बनाएर एउटा जहाज पोखरामा नै राख्ने तयारी गरेको बताए । प्रवक्ता बर्तौलाले पोखराबाट दक्षिण एशियाली मुलुक र दक्षिणपूर्वी मुलुकहरूमा चार्टर उडान भर्ने योजना बनाएको समेत जानकारी दिए । उनले पोखराबाट हुने उडानको भाडा तत्काल वृद्धि नहुने बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल टाढा भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थालमा हुने सडक र ट्राफिक समस्या सरकारले तत्काल हल गर्नुपर्ने बताए ।

त्यस्तै बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुचारु हुँदा उत्साहित भएको बताए । उनले बुद्धले पोखराबाट गर्ने सम्पूर्ण उडान अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने सम्पूर्ण तयारी गरेको बताए । प्रवक्ता कर्णले अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधाहरूहरूले पनि वायुसेवा कम्पनी उत्साहित रहेको बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पोखरा विमानस्थलबाट रात्रिकालीन उडान गर्न मिल्ने हुँदा नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा फेब्रुअरीको तेस्रो सातादेखि बुद्ध एयरले उडान भर्ने बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सातै प्रदेशलाई जोड्ने गरी काठमाडौंजस्तै हेरक गन्तव्यलाई पोखराबाट जोड्ने बुद्ध एयरको तयारी रहेको पनि बताए ।

प्रवक्ता कर्णले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा यात्रु र पर्यटकहरूलाई समेत सहजता हुने बताए । उनले पोखरा विमानस्थलबाट बुद्ध एयरलाइन्सले यात्रुहरूलाई सहज र सरल भाडादर कायम गर्ने विश्वास व्यक्त गरे । उनले बद्ध एयरले पोखराबाट बनारस उडानको लागि अनुमति पाएसँगै उडान भर्न तयारी गरेको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर