कञ्चनपुरमा पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ

कञ्चनपुरमा पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–१ वैशाखाबाट कटुवा पेस्तोल १ थान र गोली ७ राउण्डसहित भारत लखिमपुर थाना मितौली ग्राम मितौली पोष्ठ बस्ने ३१ वर्षीय राजु ईद्रीसी पक्राउ परेका हुन्।

उनलाई शनिबार बिहान इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो।

पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर