एकीकृत समाजवादी सरकारमा सहभागी हुने/नहुनेबारे पोलिटब्यूरो बैठकपछि मात्रै टुंगो लाग्ने

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्ला मात्रै भएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीले भोलि (सोमबार)का लागि पार्टीको पोलिटब्यूरो बैठक डाकेको पनि बताए । उनले पोलिटब्यूरो बैठकबाट आएका सुझावहरूका आधारमा मात्रै सरकारमा जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने बताए । उनले दुई दिनसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा समसामयिक र राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल भएको बताए ।

उपमहासचिव खतिवडाले बैठकमा पार्टी निर्माण, सुदृढीकरण र विस्तारका बारेमा छलफल भएको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर