लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी

लुम्बिनी प्रदेश सभा कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । दाङ क्षेत्र नं.३ (क) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित उहाँ हाल पर्यटन, ग्रामीण तथा शहरी विकासमन्त्री हुन् । संस्थापन पक्षका चौधरी संविधान सभा सदस्यसमेत थिए ।

संसदीय दलको नेताका लागि डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिना वीरबहादुर राना र निमा गिरी आकांक्षी थिए ।

लुम्बिनी प्रदेश सभामा कुल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ सांसद छन् । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल बनेको र सो दलमा २९ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर