एकीकृत समाजवादी पोलिटब्यूरो बैठक : वामपन्थी एकतामा जोड

नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबारबाट सुरु भएको पार्टीको पोलिटब्यूरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्यूरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरूले वामपन्थीहरूलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेका बताए । उनले वामपन्थीहरूको एकताको सम्बन्धमा सबैको एकमत रहेको बताए ।

त्यस्तै संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरू एकमत रहेको उल्लेख गरे । बैठकमा करिब ३० जना सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता खतिवडाले जनाए ।

उहाँले वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रस्ताव नै नआएको भन्दै यस सम्बन्धमा छलफल नभएको बताए । बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको उनको भनाइ छ ।

प्रवक्ता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै आफूहरूलाई समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा धर्मसंकट परेको बताउए । व्यक्तिगत रूपमा प्रधानमन्त्री दाहालप्रति सद्भाव भए पनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने स्पष्ट पारे । पार्टीको नीतिलाई स्पष्ट पार्नका लागि पोलिटब्यूरो बैठक राखिएको भन्दै उनले परिपक्व निर्णय गरिने बताए ।

बैठक मंगलबार बिहान ११ बजे पुनः बस्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर