उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेट

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

राजदूत थम्प्सन शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुगेका थिए । राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौंस्थित दूतावासमा जिम्मेवारी सम्हाल्न आएका थिए ।

राजदूत थम्प्सनले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर