उद्यमशीलताको विकासमा अपेक्षित सफलताका लागि व्यावहारिक योजना आवश्यक : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैंक तथा वित्तीय संस्थाहरूले सरकारसँगको समन्वयमा व्यावहारिक योजनाहरू बनाई लागू गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्। आइतबार राष्ट्रपति कार्यालयमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले पुँजीको निर्माण र परिचालनका क्षेत्रमा सरकारका उद्देश्यहरू उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न अझै धेरै कामहरू गर्नुपर्नेमा जोड दिइन्। राष्ट्रपति भण्डारीले बैंक तथा वित्तीय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयहरूमा विश्वविद्यालयहरू, प्राज्ञिक व्यक्तित्व तथा विज्ञहरूद्वारा अध्ययन अनुसन्धान गरी निजी सुधारका लागि सम्बन्धित निकायहरूलाई अभिप्रेरित गर्नु राम्रो भएको बताइन्।

उनले आर्थिक क्षेत्रमा आवश्यक पर्ने दक्ष मानव संशाधन स्वदेशमा नै उत्पादन गरी स्वदेशकै सेवामा लगाउनका लागि सहकार्य आवश्यक रहेको पनि बताइन्। उनले नवप्रवर्द्धन र उद्यमशीलताका लागि युवा पुस्तालाई अभिप्रेरित गर्न परिसंघको ठूलो नैतिक एवं भौतिक कामको अपेक्षा मुलुकले गरेको पनि बताइन्। उनले आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवर्द्धन गर्नसके आयातमा आधारित उपभोग प्रणाली यसमा आधारित राजस्व प्रणालीमा सुधार ल्याउन सकिने बताइन्।

राष्ट्रपति भण्डारीले आर्थिक समृद्धिका लागि मुलुकमा आवश्यक पर्ने सबल मानव संशाधनको विकासमा मद्दत पुर्‍याउने हेतुले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा राज्यको परिपूरकको रूपमा परिसंघले थप योगदान दिनेमा आफू विश्वस्त रहेको बताइन्। उनले अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग सम्बन्ध विस्तार गरी पुँजीको परिचालन गर्नु आजको आवश्यकता भएको बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर