सार्कलाई सक्रिय बनाउने प्रयत्न जारी : परराष्ट्रसचिव पौड्याल

परराष्ट्र मन्त्रालयले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउनका लागि प्रयत्नहरू जारी रहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताएका हुन्।

आइतबार संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सबै सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसकेका कारण यसलाई सक्रिय बनाउन नसकिएको बताए।

सचिव पौड्यालले सबै सदस्य राष्ट्रहरूको सहमतिमा मात्रै सार्कलाई अघि बढाउन सकिने आधारभूत सिद्धान्त रहेको र त्यसैकारण सार्कलाई सक्रिय बनाउने प्रयास नतिजामुखी हुन नसकेको बताए।

सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सदस्य राष्ट्रहरू रहेका छन । ती सबै सदस्य राष्ट्रहरूको सहमतिमा मात्रै सार्कलाई सक्रिय बनाउन सकिने परराष्ट्रसचिव पौड्यालको भनाइ छ।

बैठकमा समितिकी सभापति दिलकुमारी रावल (थापा)ले सार्कलाई सक्रिय बनाउन सरकारले कस्तो पहल गरिरहेको छ भनी जिज्ञासा राखेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर