‘कांग्रेस, एमाले र माओवादीकाे कार्यकर्ता नभएकै कारण रेशम चौधरीमाथि झुटा मुद्दा लगाइयो’

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कांग्रेस, एमाले र माओवादीजस्ता ठूला दलकाे कार्यकर्ता नभएकै भरमा रेशम चौधरीमाथि झुटा मुद्दा लगाइएको बताएकी छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले रेशम चौधरीजस्ता निर्दोष थारूहरूलाई झुटो मुद्दामा कारागारमा थुन्न नमिल्ने बताइन्। उनले थारू भएकै कारण रेशम चौधरीलगायतका थारूहरूलाई मुद्दा लगाएको भन्दै आपत्ति जनाइन्।

अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नू भन्ने फैसलाको प्रतिलिपि ज्येष्ठ सदस्य सभामुखलाई बुझाएकी थिइन्। उनले ठूरा राजनीतिक दलका शीर्ष नैताहरूले नै रेशम चौधरी निर्दोष भएको भनिसकेकाले आफूले न्यायको आश गरेको बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर