‘फोन पे’को नेटवर्कमा जोडियो ‘माई पे’

डिजिटल भुक्तानी सेवाप्रदायक संस्था फोन पेको नेटवर्कमा माई पे जोडिएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमबीच माई पेले फोन पेसँग सहकार्य गर्ने सम्झौता भएको हो।

सम्झौतापत्रमा फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले हस्ताक्षर गरेका छन्।

सम्झौता भएसँगै करिब ८ लाखभन्दा बढी सेवाग्राही भएको माई पे विधिवत् रूपमा सोमबारदेखि फोन पेको नेटवर्कमा जोडिएको छ। अब फोन पेका ११ लाखभन्दा बढी मर्चेन्ट आउटलेटमा माई पेका सेवाग्राहीले क्यूआरमार्फत् भुक्तानी गर्न पाउने भएका छन्।

सम्झौतामा हस्ताक्षरपछि बोल्दै फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले माई पेलाई फोन पेको नेटवर्कमा जोड्न पाउँदा खुशी लागेको बताए। उनले अब माई पेका प्रयोगकर्ताले पनि क्यूआरमार्फत भुक्तानी गर्न पाउने बताए। उनले माई पेसँगको सहकार्यले डिजिटल भुक्तानी बढाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले आफ्ना सेवाग्राहीलाई थप सुविधा दिन फोन पेको नेटवर्कमा जोडिएको बताए। उनले फोन पेसँगको सहकार्यले सेवाग्राहीलाई थप सुविधा हुने विश्वास व्यक्त गरे।

उनले माइ पेले डिजिटल कारोबारलाई व्यवस्थित बनाउन आवश्यक काम गरिरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *