शर्तसहित प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ। मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

पार्टीले प्रधानमन्त्री दाहाललाई शर्तसहित विश्वासको मत दिन लागेको पार्टीका उपमहासचिव एवं पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए। उनले आफ्नो पार्टीले राखेका एजेण्डा पूरा नगरे कुनै पनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिने बताए।

उनले राष्ट्रियता, सुशासन, देशको बिग्रिँदै गएको अर्थतन्त्र सुधार, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयहरूमा सरकारले आवश्यक काम गर्नुपर्ने शर्त रहेको बताए। उनले विश्वासको मत दिए पनि सरकारमा सहभागी भने नहुने बताए।

प्रवक्ता खतिवडाले दलका नेता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले संसद्मा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *