सुशासनसहितको आर्थिक समृद्धिका लागि सरकारलाई विश्वासको मत : अशोक राई

जनता समाजवादी पार्टीका सांसद अशोक राईले सुशासनसहितको आर्थिक समृद्धि हासिल गर्ने सरकारको प्रतिबद्धतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफललमा उनले अर्थतन्त्रको विद्यमान चुनौतीको समाधान गरी बेरोजगारी अन्त्य र रोजगारी सिर्जना सरकारको दायित्व रहेको बताए।

उनले विकासका पूर्वाधारलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताए। राजनीतिक उपलब्धिको रक्षा गर्दै गणतन्त्र सुदृढीकरण गर्नुपर्नेमा जोड दिँदै उनले संविधानको सबल पक्षको व्यावहारिक कार्यान्वयन गर्नुपर्ने बताए।

जनमत पार्टीकी सांसद अनिता देवीले नागरिकता, मललगायत शिक्षा, स्वास्थ्य तथा रोजगारीका समस्या समाधान गर्ने सरकारको नीतिगत प्राथमिकतालाई स्वागत गर्दै आफ्नो पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताइन्। उनले समावेशी विकासका अवधारणालाई अंगीकार गर्दै सन्तुलित विकास अगाडि बढाउनुपर्ने बताइन्।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी सरकारले ल्याएको नीति कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्ने बताए। उनले नागरिकतासम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूको माग पूरा नहुँदासम्म सरकारलाई विश्वासको मत दिए पनि आफूहरू प्रतिपक्षमा बस्ने बताइन्। उनले टीकापुर घटनाका राजबन्दीलाई तत्काल रिहाइ गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर