गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न विश्वासको मत दियौं : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन्।

मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई वर्ष अघि संविधान जोगाउन बनेको पाँचदलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताएका हुन्।

उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको बताए। उनले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएकाले आर्थिक, सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएकाले पनि यो बेलामा नेपालका सबै शक्तिहरू एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गर्न आवश्यक भएको बताए।

उनले कांग्रेसले कुनै पनि संवैधानिक निकायमा भाग लिनका लागि भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयंगम गरेर संविधान बचाउनका लागि मतदान गरेको बताए। उनले बदलिएको राजनीतिक घटनाक्रमले राष्ट्रिय दलहरूबीच एकता र सहकार्य खोजेकाले सबैजना एक ठाउँमा उभिएको पनि बताए।

उनले अहिले सबै राजनीतिक पार्टी एक ठाउँमा भएकाले एउटै विचार हुने पार्टीहरू एक ठाउँमा हुँदै जानेसमेत बताए। उनले कांग्रेसले व्यवस्था जोगाउनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले अब व्यवस्था जोगिने विश्वास रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर