५८ सांसदको समर्थनमा एमालेका लीला गिरी बने लुम्बिनीको मुख्यमन्त्री

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

गिरीले बुधबार नै ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेस गरेका थिए। गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन छ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए बहुमत पुग्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर