टिकटक लाइभबाट जुवा खेलाउने ४ जना पक्राउ

चिनियाँ एप टिकटकमा लाइभमार्फत अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

दाङको राप्ती गाउँपालिका–३ घर भई ललितपुरको ग्वार्को बस्ने २१ वर्षका ऋषिप्रकाश योगीलाई ग्वार्कोबाट, भक्तपर सूर्यविनायक नगरपालिका–१० का २७ वर्षका कपिल गिरीलाई सूर्यविनायकबाट, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ का २१ वर्षका प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका–६ भई भक्तपुरको थिमी बस्ने २० वर्षका डिल्लीराज अवस्थीलाई भक्तपुरको लोकन्थलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूले टिकटक लाइभमा जुवा खेलाई आफ्नो ई–सेवा खाातामा रकम जम्मा गर्न लगाएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनीहरूबाट प्रहरीले जुवा खेलाउन प्रयोग गरेको तास पनि बरामद गरेको छ।

पक्राउ परेका ऋषिप्रकाश योगीले पब्जी र पब्जी २ नाममा टिकटक आईडीमा लाइभमा जुवा खेलाउने र उनले आफ्ना दुईवटा ई–सेवाको खातामा पैसा हाल्न लगाउने गरेको प्रहरीले जनाएको छ। उनको खातामा १० दिन अवधिमा २८ लाख ७३ हजार ३५४ रुपैयाँको कारोबार देखिएको प्रहरी उपरीक्षक कोइरालाले बताए।

त्यस्तै कपिल गिरीले पोर्कर किङ नामक टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र आफ्ना ३ वटा ई–सेवा खातामा मानिसहरूलाई रकम जम्मा गर्न लगाएका थिए। उनले १० दिनमा १० लाख ५२ हजार ९६२ रुपैयाको कारोबार गरेको प्रहरीको भनाइ छ।

प्रेम कठायत र डिल्लीराज अवस्थीले प्रेम नामको टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र उे ई–सेवा अकाउन्टमा ६ दिनमा ९३ हजार २१४ रुपैयाँको कारोबार गरेको कार्यालयका एसपी कोइरालाले जानकारी दिए।

पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिताको कसुरअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

One thought on “टिकटक लाइभबाट जुवा खेलाउने ४ जना पक्राउ

  1. Tik tok live मा
    नराम्रो कुरा बोल्ने लाई पनि कारवाही गर्न पर्यो नेपाल प्रहरी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर