ठूला दलको दम्भ र साना दलको बार्गेनिङ सन्तुलनमा राख्न विश्वासको मत दियौं : प्रकाश पन्थ

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सरकार र संसद्को स्थिरताका लागि वर्तमान सरकारलाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन्।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पन्थले सत्ता स्वार्थको लागि कांग्रेसले सरकारलाई विश्वासको मत नदिएको स्पष्ट पारे। उनले गठबन्धनभित्र ठूला दलहरूको दम्भ बढेको र साना दलहरूको बार्गेनिङ पावर बढेको भन्दै दुवैलाई सन्तुलनमा राख्नका लागि कांग्रेस मैदानमा प्रवेश गरेको बताए।

उनले कांग्रेस खेलाडीको रूपमा नभई रेफ्रीको रूपमा मैदान प्रवेश गरेको भन्दै आफुहरू खबरदारी गर्नका लागि मैदानमा आएको बताए। जोकोही नभए पनि सरकार र संसद् पाँच वर्ष चल्छ भन्नका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिएको उनले बताए।

उनले नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षक भएको उल्लेख गर्दै त्यसका विरुद्धमा लाग्नेलाई कारबाही गरिने चेतावनी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर