उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्छु : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताएका छन्।

शुक्रबार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरूलाई निराश हुनु नपर्ने गरी काम गर्ने बताएका हुन्। उनले सरकारले व्यवसायीहरूका माग र सुझावहरूलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

उनले उद्योगी व्यवसायीहरूले उठाएका उचित मागलाई सकारात्मक रूपमा लिएको पनि बताए। मन्त्री पौडेलले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताए।

उनले व्यवसायीहरूको माग छलफल र अध्ययन गरी उचित मागलाई सम्बोधन गर्ने प्रतिबद्धता महासंघलाई जनाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर