पाँच महिनामा ३० खर्ब ७ अर्बको तरलता प्रवाह

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ३० खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत २ खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत २६ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ गरी कुल ३० खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ तरलता वित्तीय बजारमा प्रवाह भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत २६ खर्ब ६१ अर्ब ६ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर