तेस्रो प्रयासमा माओवादीका भण्डारी बने सुदूरपश्चिमको सभामुख

तेस्रो प्रयासमा नेकपा माओवादीका भीमबहादुर भण्डारी सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा निर्वाचित भएका छन्।

सभामुख चयनका लागि मंगलबार भएको प्रदेश सभामा भएको निर्वाचनमा २९ जना सांसदको समर्थनमा भण्डारी सभामुखमा निर्वाचित भएका हुन्।

सभामुखका अर्का उम्मेदवार कांग्रेसका मानबहादुर रावलको पक्षमा २० मतमात्रै रह्यो।

यसअघि दुईपल्ट भएको सभामुख निर्वाचनमा दुबै उम्मेदवारले बहुमत जुटाउन नसक्दा सभामुख चयन हुन सकेको थिएन।

भण्डारीलाई माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ संसदले समर्थन गरेका थिए।

रावललाई कांग्रेसका १९ तथा समाजवादीका ४ सांसदले साथ दिने भनेपनि २० मत मात्र पाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर