न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन भएको छ। मंगलबार उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेकी हुन्।

न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै विरोध गरेकी हुन्। गिरीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले मंगलबार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरू धेरै पटक न्यायपरिषद्मा गए पनि मुदद नै दर्ता नगरेको र पीडितका कुराहरू सुनुवाइ नभएको बताइन्। उनले आफ्ना मागहरू अझै सुनुवाइ नगरे विरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिइन्। उनले आफू काका ससुराबाट पटकपटक बलात्कारको प्रयासमा परेको तर अहिलेसम्म पनि पीडकलाई कारबाही हुन नसकेको बताइन्।

त्यस्तै अर्की प्रदर्शनकारी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाइन्। उनले आरोपित गिरीको कम्प्लेन नै न्यायपरिषद्ले लिन नमानेको बताइन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर