नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन प्रयास गर्छु : परराष्ट्रमन्त्री पाैडेल

नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छन्।

मंगलबार परराष्ट्रमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताएकी हुन्। उनले परराष्ट्रमन्त्री भएर परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने, विदेशी कूटनीतिक नियोगहरूसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरूमा नेपालीहरूको सहज पहुँच बनाउने तीन प्राथमिकता रहेको बताइन्।

उनले परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताइन्। उनले नेपालको हितमा सम्झौता नगरीकन आफूले विदेशी कूटनीतिक नियोगहरूसँग समन्वय गर्ने बताइन्। पौडेलले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने पनि बताइन्।

मन्त्री पौडेलले नेपालको राजदूतावासमा नेपाली जाँदा घरजस्तो फिल गर्नुपर्ने भन्दै नेपालीहरू बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घर महसुस हुने वातावरण बनाउने बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर