राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको चयन दलहरूको सहमतिमा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदको चयन दलहरूबीचको सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

मंगलबार अपराह्न आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राखेका हुन्।

प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अघि जान सकिन्छ भनेर विषय प्रवेश गराएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

यता नेपाली कांग्रेसले पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने पद भएकाले यसलाई सहमतिमै चयन गर्न आफ्नो पार्टी तयार रहेका धारणा बैठकमा राखेका थियो।

तर, सत्तारूढ दलहरूबीच भने राष्ट्रपति र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *