चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार हुँदैन : स्वर्णिम वाग्ले

अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार नहुने बताएका छन्।

बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र : अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अर्थविद् वाग्लेले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ, सोयाबिन, तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिने बताएका हुन्। उनले निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भए पनि सम्भावना पनि धेरै रहेको बताए।

उनले नेपाल विप्रेषणमा धेरै निर्भर भएको र यसबाट तत्काल हटाउन नसके पनि नेपालले दीर्घकालीन योजना बनाउनुपर्ने बताए। उनले सरकारले अनुदान सोचेजति उठाउन नसकेको बताए। उनले ५५ अर्ब अपेक्षा गर्दा ५ अर्ब मात्रै उठ्नु चिन्ताको विषय भएको बताए।

वाग्लेले सरकारको राजस्व र खर्चको असन्तुलन सन्तुलित पार्न निर्मम रूपमा अघि बढ्नुपर्ने बताए। उनले नेपालमा ४ लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलब भत्ता दिँदैमा सकिने अवस्था रहेको बताए। उनले बाहलवाला कर्मचारीलाई तालिम दिएरर राजस्व संकलन नबढ्ने भन्दै कर्मचारीलाई तालिम भन्दा पनि चार्टर एकाउन्टेण्ट (सीए)हरूलाई हायर गरेर काम गर्ने हो भने राजस्व बढाउन सकिने बताए।

उनले कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच पुरानो भएको बताए। उनले सीएहरूलाई कहाँकहाँ राजस्व चुहावट भएको छ थाहा हुने भन्दै यसले राजस्व बढाउन सहयोग पुग्ने बताए। वाग्लेले सीएहरूलाई हायर गरेर उनीहरूको क्षमता सदुपयोग गर्न सरकारसँग आग्रह गरे।

उनले विश्वभर नै आर्थिक अवस्था संकुचनतर्फ लागेकाले नेपालमा पनि त्यसको बाछिटा पर्नसक्ने बताए। उनले बजेटको आकार निकै बढेको र यसमा नयाँ सरकारले बजेटको आकार मुलुक सुहाउँदो बनाउनुपर्ने बताए। उनले सरकारले राजस्व बढाउन र चुहावट रोक्न प्राथमिकता दिनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर