संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन सभामुखमा घिमिरेको जित आवश्यक : हितराज पाण्डे

सत्तारूढ नेकपा (माओवादी केन्द्र)का प्रखुच सचेतक हितराज पाण्डेले सत्तारूढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरूलाई आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा घिमिरेले सभामुख पदमा दिएको उम्मेदवारीको समर्थन गर्दै उनले त्यसको पक्षमा मतदान गर्न सबै सांसदहरूलाई आग्रह गरेका हुन्।

सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्दै प्रमुख सचेतक पाण्डेले संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन उनलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने बताए। उनले मुलुकको समृद्धि र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न पनि सभामुख पदमा योग्य व्यक्तित्व आवश्य भएकाले आफूले घिमिरेलाई उम्मेदवारी दिनका लागि समर्थन गरेको पनि बताए।

प्रमुख सचेतक पाण्डेले नेपाली जनतालाई एकताबद्ध भएर अघि बढाउन पनि घिमिरेको नेतृत्वमा संघीय संसद् भए सहज हुने दाबी गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर