प्रहरी चौकी स्थापना गरिदिन गृहमन्त्रीसमक्ष धुलिखेल नगरप्रमुखको माग

धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार श्रेष्ठ ब्याञ्जुले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आज भेटेर नगरपालिकाका विभिन्न स्थानमा प्रहरी चौकी स्थापनाका लागि अनुरोध गरेका छन्।

सो भेटमा नगरपालिकाका चार ठाउँमा आवश्यक रहेकोले प्रहरी चौकीको माग गरिएको नगरप्रमुख ब्याञ्जुले बताए। त्यसमा देवीटार, रविओपी, संखु र बतासेमा प्रहरी चौकी निर्माण र सञ्चालनको लागि अनुरोध गरिएको छ।

मागअनुसार प्रहरी चौकी निर्माण भएमा स्थानीय निकायले भौतिक पूर्वाधार जुटाउने र राज्यका तर्फबाट दरबन्दीसहित प्रहरी चौकी स्थापना गर्ने सहमति भएको जनाइएको छ। सो भेटमा नगरप्रमुखले धुलिखेल नगरपालिकाले गरेका विकास र भावी योजनाका बारेमा गृहमन्त्रीलाई जानकारी गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर