रामहरि खतिवडाको प्रश्न, ‘गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो?’

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्।

गृहमन्त्री लामिछानेले संसद्मा आफूसँगै उपस्थित एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो प्रेस विज्ञप्ति निकाल्न लगाएर केटाकेटीपन प्रर्दशन गरेको आरोप लगाए।

शनिबार प्रतिनिधि सभा बैठकको सुरुवातमै बोल्दै सांसद खतिवडाले अपराधीलाई पक्राउ गर्नुको साटो प्रेस विज्ञप्ति निकाल्दै जाने हो भने यसले मुलुकलाई कुन अवस्थामा पु¥याउने हो भनी प्रश्न रे। उनले के गृहमन्त्री लामिछानेलाई प्रहरीले टेर्न छोडेको हो भन्दै तत्काल त्यसको जवाफसमेत माग गरे।

सांसद खतिवडाले गृहमन्त्री लामिछानेको पासपोर्ट छानबिनको विषय पनि संसद्लाई जानकारी गराउन रुलिङ गर्न आग्रह गरे। उनले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाँट्ने, छल्ने काम नगर्न पनि सचेत गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर