मेटमणि चौधरीको ओलीलक्षित टिप्पणी- ‘संविधान च्यात्न पूर्वप्रधानमन्त्री नै ढुकेर बसेका छन्’

नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्री नै मौका ढुकेर बसेको आरोप लगाएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै सांसद चौधरीले यस्तो आरोप लगाएका हुन्।

उनले पूर्वप्रधानमन्त्री नै अर्बौंका भ्रष्टाचारहरू सिस्टम मिलाएर गर्न लागिपरेको बताए। उनले आफूलाई मन लागेको कानून राष्ट्रपतिसँग सेटिङ मिलाएर बनाइरहेको बताए। उनले संसद्मा आएर कुतर्क गर्नेहरूलाई संविधानअनुसार कोचिङ क्लासको व्यवस्था गर्नुपर्ने बताए।

उनले अहिले पनि नेपालको संविधान धेरै संकटमा रहेको बताए। उनले अहिलेका गतिविधिहरूलाई सच्याउन नसके प्रतिनिधि सभा लोकतान्त्रिक गणतन्त्रउन्मुख शासन व्यवस्थाको लागि निर्माण भएको संविधान अन्तिम हुने बताए।

सांसद चौधरीले संसद्मा संविधानको कुतर्क गर्ने व्यक्ति रहेसम्म संविधान च्यातिने सम्भावना कायम रहने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर